उपनिर्वाचनः मतपरिणाम आउन सुरु, कीर्तिपुर वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी
थानकोट ।
हिजो आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मतगणना जारी छ । देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, जिसस प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष पदको निर्वाचनको मतपरिणाम समेत आउन थालेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमााडैंको कीर्तिपुर नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वचान अधिकृतको कार्यालय कीर्तिपुरले सार्वजनिक गरेको वडा नं. १ को अन्तिम मत परिणाम अनुसार सो वडामा रुख चिन्हका उम्मेदवार विजयी भएका छन् । जहाँ नेपाली काँग्रेसका ईच्छा कुमार महर्जनले ५६२ पाउँदा उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका हर्ष महर्जन ४९८ भोट पाएका छन् । यस्तै हसिँया हताैडा चुनाव चिन्हमा सरल गोपाल महर्जनले १७३ पाएका छन् ।
कीर्तिपुर वडा नं. १ को वडाध्यक्ष पदको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विनोद कुमार महर्जनले १३९, स्वतन्त्र उम्मेदवार अर्जुन महर्जनले ९८, स्वतन्त्र उम्मेदवार कमला महर्जनले ८३, राप्रपाका सुरेन्द्र प्रसाद उप्रेतीले ६४, नेमकिपाका कृष्णप्रसाद महर्जनले ५० र जनमत पार्टीका विकास प्रधानले ७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ को निर्वाचनमा कीर्तिपुर वडा नं. १ मा कांग्रेसले नै जित हात पारेको थियो ।
कीर्तिपुरमा अहिले वडा नं. ४ र मेयर पदको मतगणना जारी छ ।
तस्बिरः प्रताप महर्जन, कीर्तिअनलाइन










