उपनिर्वाचनः काठमाडाैं वडा नं. १६ मा रास्वपा उम्मेदवार विजयी
थानकोट ।
स्थानीय तहको उपनिर्वाचन अन्तर्गत अहिले मतगणना जारी छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौं महानगरपालिका वडा–१६ को अध्यक्ष पदमा रास्वपा निर्वाचित भएको छ ।
हिजो आइतबार भएको निर्वाचनको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो ।
जसअनुसार काठमाडाैं वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३०४ मत पाए ।
नेकपा एमाले तेस्रो भएको छ । सूर्य चिन्हका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याउँदा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाए । राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत ल्याए ।
२०७९ को निर्वाचनमा काठमाडौं–१६ मा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।
स्थानीय तहमा रास्वपाको यो पहिलो जित हो ।










