नेपाल प्रिमियर लिगः आज काठमाडौं र चितवन तथा जनकपुर र कर्णालीबीच खेल हुने
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज प्रतियोगिताका दोस्रो र तेस्राे खेल हुँदैछन् ।
दिनको पहिलाे खेलमा काठमाडौं गोर्खाज र चितवन राइनो बीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् ।
सो खेल बिहान ९ः१५ बजेबाट सुरू हुनेछ ।
आज हुने दोस्रो खेलमा काठमाडौंं र चितवन बीच हुनेछ ।
काठमाडौं गोर्खाजबाट करण केसी र चितवन राइनोजबाट कुशल मल्लले नेतृत्व गर्नेछन् ।
आजको खेलमा दुवै टिमका गरी १० विदेशी खेलाडी पनि मैदानमा देखिनेछन् ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछ। उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
काठमाडौं गुर्खाजः
करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।
चितवन राइनोजः
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
यस्तै दिनको दोश्रो खेलमा आज जनकपुर बोल्टस र कर्णाली याक्स बीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमै हुने यस खेल दिउँसो १ः१५ बजेबाट सुरू हुनेछ ।
विराटनगरलाई ८विकेटले पराजित गरेर आएको जनकपुरको यो दोश्रो खेल हो । कर्णाली याक्सको भने पहिलो खेल हो ।
जनकपुरको अनिल साह र कर्णालीको साेमपाल कामीले नेतृत्व गर्नेछन् ।
आजको मुख्य आकर्षणमा कर्णाली याक्सका भारतीय खेलाडी शिखर धवन रहने छन् ।
जनकपुर बाेल्टसः
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
कर्णाली याक्स
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।














