कीर्तिपुरमा मतान्तर बढाउँदै नेपाली काँग्रेसका उम्मेदवार, ७ हजार मत गणना हुन बाँकी
थानकोट।
२१३१० मत खसेको कीर्तिपुर नगरमा साँझ ६ बजेसम्म १४३५२ मत गणना सम्पन्न भएको छ ।
प्राप्त विवरण अनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता बढाएका छन् उनले निकटका प्रतिस्पर्धीभन्दा ९२१ मतले अघि छन् । नेकपा एमालेका सुरेन्द्र मानन्धरले २९१३ मत ल्याएका छन् ।
१४३५२ मत गणना हुँदा ६९५८ मत गणना हुन बाँकी छ ।










