कीर्तिपुरको मेयर पदमा काँग्रेसका उम्मेदवार १०३४ मतले अघि
थानकोट।
कीर्तिपुर नगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता कायम राख्दा दोश्रो स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
१० वडा रहेको कीर्तिपुर नगरको वडा नं. ८ को मतगणना जारी रहँदा रूख चिन्हमा ४८८७ मत परेको छ ।
यस्तै सूर्य चिन्हमा ३८५३ र हसिँया हथाैडा चिन्हमा ३५९७ मत परेको छ ।










