प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैछन् ।

सोमबारबाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने छन् ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने जनाइएको छ ।

हिजो बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए भने प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु बेइजिङस्थित सरकारी अतिथि गृह देउताइ स्टेट गेष्ट हाउसमा रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *