नेपाल प्रिमियर लिग: जनकपुरकाे लगातार तेस्रो जित

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ।

पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेट गुमाएर चुमेको हो।

टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो।

जितका लागि मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको अविजित पारी खेले।

पोखराका लागि म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले ५ र विपिन खत्रीले १ रन जोडे।

जनकपुरका लागि ललित राजवंशी तीन, जिमि निसम दुई मोहम्मद मोहसिन, किशोर महतोले समान एक एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू भएको थियो।  पोखराका लागि विपिन खत्री,  कुशल भुर्तेल, माइकल लिस्कको समान एक एक विकेट लिए।

जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम गरेको छ।

पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *