झापामा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन, रास्वपा कार्यकर्ताले देखाए कालो झन्डा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार झापाको मेचीनगर इँटाभट्टानजिक रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध कालो झन्डा देखाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘प्रहरी दमन मुर्दावाद’लगायत नारा लगाएका थिए ।

विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले रास्वपा झापा क्षेत्र नम्बर–४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो ।

हिमालयन टेली भ्वाइस


Leave a Reply

Your email address will not be published. Required fields are marked *