महिला टी-२० आई सिरिज: नेपाल र युगान्डाबीच खेल हुँदै, अंक तालिकामा नेपाल पुच्छरमा
थानकोट ।
युगान्डामा जारी वुमन्स डे कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज बिहीबार नेपाल र युगान्डा खेल्दैछन् ।
खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ ।
यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । हिजोको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।
नेपालले भोलि हङकङसँग फेरि खेल्नेछ ।
नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् ।
फाइनल खेल चैत ३ गते हुनेछ ।













