साफ यू-१९ च्याम्पियनसीपको फाइनल आज, उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने
थानकोट ।
भारतमा जारी साफ यू-१९ च्याम्पियनसीपको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि आयोजक भारत र बङ्गलादेशले खेल्दैछन् ।
खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।
सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३-० गोलले पराजित गरेको थियो भने बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै उपाधिनजिकै पुगेको हो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बङ्गलादेश सहभागी थिए ।












