सभामुखद्वारा मुख्य दलका सचेतकरूको बैठक आह्वान
थानकोट ।
प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन् ।
सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् ।
रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि तीन दलका मुख्य सचेतकसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ ।
त्यसअघि सभामुखले दलका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।
आजको बैठकबाट उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गर्ने कार्यसूची छ ।












