पार्टी राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा

Thankot Times

थानकोट ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् ।

शनिबार (असार १४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गराएको बताइन् ।

“पार्टी सदस्यता नवीकरण गरेको छु । अब म एमालेको एक सदस्यका रूपमा पुनः जोडिएको छु,” उनले भनिन्, “यसमा गर्व छ । कुनै विशिष्ट आकांक्षा छैन्।”

पार्टी राजनीतिमा फर्कनुमा आफ्नो कुनै स्वार्थ नभएको उनले उल्लेख गरिन् । “उहाँ (मदन भण्डारीले) भन्नुभएको थियो– राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन,” उनले भनिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *