प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिंहलाई उक्त जिम्मेवारी दिइएको हो ।

६ दिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री ओली शनिबार (असार १४) स्पेन प्रस्थान गरेका छन् ।

असार १६ देखि १९ गतेसम्म आयोजना गरिने ‘विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा उनी सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य सिंहले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *