प्रधानमन्त्री ओली र स्पेनका समकक्षी पेड्रोबीच भेटवार्ता
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र पेड्रोबीच आइतबार भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तस्बिरःप्रधानमन्त्रीको सचिवालय












