आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन सम्भावित कार्यसूची

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।

विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ राष्ट्रिय सभाको सन्देशसहित टेबुल हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुनेछ ।

दुईवटा शोक प्रस्ताव र संसदीय समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *