रास्वपा संसदीय दलको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ ।
बैठक भोलि (बिहीबार) मध्याह्न साढे १२ बजे संसदीय दलको कार्यालयमा बस्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार बैठकका लागि दुइटा एजेन्डा तय भएका छन् ।
जसमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र विविध रहेका छन् ।













