रास्वपा संसदीय दलको बैठक आज बस्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (वैशाख ३) बस्दै छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, दिउँसो १२:१५ मा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।
बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विविध विषयमा छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
संसदीय समितिको निर्वाचन वैशाख ४ मा हुँदै छ ।
त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।












