कविन्द्र बुर्लाकोटी बने रास्वपाको मुख्य सचेतक
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलाई बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक बनाउने निर्णय गरेको हो ।
यसैगरी सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।












