रास्वपा प्रवास विभाग प्रमुखको जिम्मेवारी बोहरालाई
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन् ।
आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि यो जिम्मेवारीमा डीपी अर्याल थिए ।
उनी अहिले सभामुख बनेर रास्वपाबाट अलग भएपछि पद खाली थियो ।












