रास्वपाद्वारा विभिन्न विभागमा पदपूर्ति

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विभागका रिक्त पदमा नेताहरूलाई जिम्मेवारी दिएको छ ।

केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नीति विचार विभाग प्रमुखमा संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सदस्यमा सांसद सुशान्त वैदिकलाई मनोनयन गर्ने निर्णय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै केन्द्रीय प्रशिक्षण विभागमा ६ जना सदस्य मनोनीत गरिएको छ । जसमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमिल्सिना र सुजनकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै केन्द्रीय संगठन विभागको विज्ञ समूह सदस्यमा कमल खनाल, तोरण विक र उदय सापकोटालाई पार्टीले मनोनीत गरेको छ ।

प्रवास नेपाली सम्पर्क विभागको प्रमुखमा पार्टी सचिवालय सदस्य दीपकराज बोहरा मनोनीत भएका छन् । उक्त विभागमा यसअघि पार्टी उपसभापति डीपी अर्याल रहेका थिए । उनी सभामुख भएपछि उक्त पद रिक्त रहेको थियो ।

महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीको आज बसेको बैठकले महाधिवशेन कार्यविधि मस्यौदा समिति गठन गर्ने  समेत निर्णय गरेको छ ।

जसको प्रमुखमा पार्टी महामन्त्री बुर्लाकोटी रहने र बाँकी सदस्य पछि थप गर्ने गरी निर्णय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *