सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ
थानकोट ।
वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन् ।
प्रहरी वृत्त कालीमाटीबाट खटिइएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ बताए।













