आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुने बताइएको छ।













