नेपाली कांग्रेसले जेठ १५ सम्म प्रदेश र स्थानीय तह केन्द्रीत भेला गर्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने भएको छ ।

कांग्रेसले वैशाख २६ गते सुदूरपश्चिमबाट सुरू गर्दै जेठ १५ मा लुम्बिनीबाट उक्त भेलाको समापन गर्नेछ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबारको पहिलो बैठकमा उपसभापति विश्वप्रकाश शर्माले भेलाबारे जानकारी गराएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ पनि गराएका छन् । प्रतिष्ठानका प्रमुख शर्माले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए ।

यस्तै, प्रतिष्ठानका प्रमुख शर्माको  प्रस्तावमा बैठकले उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *