आज विभिन्न तीन संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार दिउँसो १ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *