टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
थानकोट ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
गैँडाकोट नगरपालिका-९, थुम्सीस्थित पूर्व-श्चिम राजमार्गमा शुक्रबार दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० की ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उनले बताए ।
दुर्घटनमा परी मृतक थापाका श्रीमान् मोटरसाइकल चालक ४० वर्षीय राजबहादुर थापा घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको छ ।
ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।










