यी हुन् रास्वपा सचिवालय बैठकका तीन निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले तीनवटा निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।

यस्तै स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी तथा र्‍यापिड एक्सन टीम [आरएटी]को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उपप्रमुखमा सशस्त्रका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *