निर्वाचन आयोगले राजनीतिक दललाई छलफलका लागि बोलायो

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनबारे राजनीतिक दलसँग आज छलफल गर्दैछ ।

आयोगले आज दिउँसो साढे १२ बजे दलहरूसँग छलफल गर्न लागेको हो ।

निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकृरण गर्न बनेको विधेयकको मस्यौदामा आयोग छलफलमा जुटेको छ ।

निर्वाचन आयोगले असार २०८० मा विभिन्न सात वटा ऐनलाई एकीकृत गरी मस्यौदा तयार गरेको थियो ।

उक्त मस्यौदा भने लामो समयदेखि सरकारले अघि बढाएको थिएनन । त्यही मस्यौदामाथि छलफल गर्न दलहरूलाई बोलाएको हो ।

आयोगले दलहरूलाई उक्त मस्यौदामा सुझावका लागि यसअघि नै पत्राचार पनि गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *