जडीबुटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको जडीबुटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वर जडीबुटीस्थित सडकमा बा.प्र.०२-०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ घर भएका ४३ वर्षीय भुवन गुरूङ रहेका प्रहरीले जानकारी दिएको छ ।

सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *