एसइई-२०८२: सतुङ्गलस्थित विष्णुदेवी शिक्षा सदनका ७६ मध्ये ५९ जना विद्यार्थी उत्तीर्ण

Thankot Times

थानकोट ।

सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं.११ सतुङ्गलस्थित विष्णुदेवी शिक्षा सदन माविको नतिजा अघिल्लो वर्षको तुलनामा सुध्रिएको छ ।

गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका ७६ जना विद्यार्थी मध्ये ५९ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षामा यस विद्यालयबाट ७० जनाले परीक्षा दिएकोमा ५१ जना उत्तीर्ण भएका थिए ।

शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा ४.७७ प्रतिशतले सुधार भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ