ललितपुरमा गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गर्दा एकजना प्रहरी घाइते

Thankot Times

थानकोट ।

ललितपुरमा चितुवाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार (वैशाख ३०) बिहान पौने ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार हेम बिक घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

अहिले उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनको मुख र दुवै हात र बायाँ हातको कुममा चोट लागेको छ ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-९ का स्थानीयले गहुँ बालीमा चितुवा पसेको छ भनेर प्रहरीलाई खबर गरेका थिए ।

सोही स्थानमा जाने क्रममा एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका हवल्दार विक प्रहरी प्रभाग लुभु, ललितपुरमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको किस्ट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ