विद्या भण्डारीलाई पार्टी सदस्यता दिने नेकपा एमालेको निर्णय

Thankot Times

थानकोट ।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ ।

सोमबार बसेकाे केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेकाे एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भण्डारीले यसअघि नै सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन् । तर त्यतिबेला पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको सचिवालय बैठकले भने सदस्यता दिने निर्णय गरेको हो । योसँगै भण्डारी सक्रिय राजनीतिमा आउने बाटो खुलेको छ । भण्डारीले एमाले नेतृत्वमै आउने आकांक्षा राखेकी छन् ।

गत वर्षको ३ साउनमा बसेकाे एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता हाेल्ड गर्ने निर्णय गरेकाे थियाे ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *