सांसद् खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा चन्द्रागिरिका एक पुरुष पक्राउ
थानकोट ।
प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ती आरोपित पुरुषलाई प्रहरीको साइबर ब्युरोले चन्द्रागिरि नगरपालिका सतुंगलबाट सोमबार पक्राउ गरेको हो ।
ब्युरोका सूचना अधिकारी दिलीपकुमार गिरीका अनुसार उनलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
ओलीले आफ्नो फेसबुक पोस्टमा अपशब्द र नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गरिएको भन्दै ती पुरुषसहित केही व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी छन् ।
यस विषयमा उनले केही दिनअघि संसद् मा समेत ध्यानाकर्षण गराएकी थिइन् ।
त्यसक्रममा गृह मन्त्री सुधन गुरुङले दोषीलाई कानुनी दायरामा ल्याइने बताएका थिए ।
फाइल फोटो, सेतोपाटीबाट










