भोलि आइतबार चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा बिहान ११ बजेदेखि ६ घण्टा बिजुली अवरुद्ध हुने
थानकोट ।
भोलि (असार ७) आइतबार चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा बिहान ११ बजेदेखि ६ घण्टा बिजुली अवरुद्ध हुने तालिका सार्वजनिक भएको छ ।
नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रअन्तर्गत बलम्बु उप–वितरण केन्द्रले जारी गरेको तालिका अनुसार आइतबार बिहान ११ बजेेदेखि साँझ ५ बजेसम्म चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्ध हुनेछ ।
सूचनामा जनाइएअनुसार चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित अर्किड कोलोनी क्षेत्रमा रहेका सिमेन्टका खम्बा बदली गर्ने कार्यका लागि विद्युत सेवा विच्छेद गर्न परेको हो ।
सो क्रममा ती खम्बामा रहेका स्युचाटार-थानकोट र स्युचाटार-बलम्बु फिडरका विद्युत सप्लाइ बन्द हुनेछ ।
प्राधिकरणका अनुसार स्युचाटार–थानकोट फिडर अन्तर्गत ढुंगाअड्डा, भट्टराई प्लटिङ, आदर्शनगर, बालकुमारी, गुर्जुधारा, राधाकृष्ण टोल, हाईभिजन, आयल निगम गेट, पशुविकास, दहचोक तथा खहरे क्षेत्रमा विद्युत सेवा प्रभावित हुनेछन् । यस्तै, स्युचाटार-बलम्बु फिडरअन्तर्गत ढुंगाअड्डा, नैकाप, सिप्रदी, बोसीगाउँ, विष्णुदेवी, सतुंगल, सिजी गेट, हरियाली क्षेत्रदेखि चुनदेवीसम्मका स्थानसमेत विद्युत सेवा अवरुद्ध हुनेछ ।
निर्धारित समयभन्दा अगावै प्राविधिक कार्य सम्पन्न भएमा विद्युत आपूर्ति सोहीअनुसार छिट्टै पुनः सञ्चालन गरिने समेत प्राधिकरणबाट जारी सूचना उल्लेख छ ।
सूचना पढ्नुहोस्











