वाङचुकले २६ दिनमा तोडे अनशन, प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन बनाउने मोदीको घोषणा

Thankot Times

थानकोट ।

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै जारी राखेको २६ दिने आमरण अनशन अन्त्य गरेका छन् ।

५९ वर्षीय वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत लामो वार्ता र देशमा हिंसा भड्किन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरेको बताएका छन् ।

उनले यससम्बन्धी सहमतिका सर्तहरू छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

वाङचुकको निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन ल्याइने घोषणा गरेका छन् । उनले दोषीमाथिको कानुनी कारबाही छिटो अघि बढाइने र यस विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताएका छन् ।

वाङचुकले २८ जुनदेखि मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको ‘ककरोच जनता पार्टी (सीजेपी)’ को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अनशन सुरु गरेका थिए । यद्यपि, नयाँ दिल्लीको जन्तर मन्तरसहित देशका विभिन्न स्थानमा सीजेपीको आन्दोलन जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ