प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

Thankot Times

थानकोट ।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।

सरकारले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा भएको हो।

कोषमा रहेको रकममध्ये विभिन्न नौ वटा वाणिज्य बैंकमा खोलिएका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको छ। त्यसैगरी, दुईवटा वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

सरकारले विपद्पछिको राहत, उद्धार र पुनर्स्थापनाका लागि स्रोत परिचालन गर्दै आएको अवस्थामा प्रधानमन्त्री राहत कोषमा स्वदेशी तथा विदेशी स्रोतबाट प्राप्त रकम जम्मा भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ