विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ।

बैठकमा मुख्य रूपमा ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

साथै विविध विषयहरूमा समेत विचार-विमर्श हुने समितिले जनाएको छ।

छलफलका लागि कृषि, वन तथा वातावरण मन्त्री, मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ