चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता असोज १७ गते, विजेताको पोल्टामा ७५ हजार नगद पुरस्कार
थानकोट ।
यही असोज १७ गते शनिबार चन्द्रागिरिमा नगरव्यापी दोश्रो बाँसुरी प्रतियोगिता आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका १२ बलम्वुस्थित सिन्हःस्याँ दाफा खलः ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेवारी मौलिक संस्कृति, परम्परा, बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लगेको बताइएको छ । प्रतियोगितामा सहभागी हुन हालसम्म १२ वटा समुहले नाम दर्ता गरिसकेको आयोजकको भनाइ छ । चन्द्रागिरि नगरक्षेत्रमा करिव २ दर्जन बाँसुरी खलः रहेको र सबैको सहभागिता रहोस भन्ने उद्देश्यले प्रतियोगितामा सहभागिताको लागि दर्ता गर्ने मित असोज १५ गतेसम्मको लागि थप गरिएको छ ।
प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा दोश्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।














