नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढ्दै २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँ कामय भएको छ ।

चाँदी मंगलबार ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *