आसन्न स्थानीय चुनावमा नेकपा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी

Thankot Times

थानकोट ।

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो हुने दाबी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले पार्टीको आन्तरिक सर्वेक्षणले एमाले पहिलो हुने देखाएको बताए ।

बस्नेतले नेपाली काँग्रेस दोस्रो र नेकपा तेस्रो हुने अनुमान पनि सुनाए ।

उनले वालेन्द्र शाह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरे सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए ।

सरकारको कार्यशैली सुधार्न एमालेले दबाब दिने र सुधार नभए जनताले अन्य उपाय अपनाउन सक्ने उनको भनाइ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ