एकैदिन तोलामा १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुन १२ हजार २०० रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (बिहीबार) सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *