नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

शुक्रबार प्रतितोला १२ हजार बढीले घटेको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *