नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा चार हजार आठ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *