रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

Thankot Times

थानकोट ।

विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

राप्रपा र मिश्र पक्षधर समूहबीच आज एकता घोषणा सभा भएको थियो।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माला लगाएर मिश्रलाई पार्टीमा स्वागत गरेका हुन्।

यसअघि लिङ्देन र मिश्रबीच एकता घोषणा पत्रमा हस्ताक्षर भएको थियो। उनीहरूले एकता घोषणा पत्र हस्ताक्षर गरी एकअर्कालाई हस्तान्तरण गरेका थिए।

राप्रपाले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाएको छ। राप्रपामा वरिष्ठ उपाध्यक्ष पद विधानअनुसार छैन्। अब विधान संशोधन गरी यो पद सिर्जना गर्नुपर्ने हुन्छ। राप्रपामा ८ उपाध्यक्ष रहने व्यवस्था रहेकोमा अहिले ६ उपाध्यक्ष छन्।

मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिए पनि वरीयताबारे भने खुलाइएको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *