काठमाण्डाै क्षेत्र नंं ९ को निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर युवा क्लबको भवनमा

Thankot Times

थानकोट । 

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने क्रम जारी छ । निर्वाचन आयोगले असोज २० गतेभित्र कार्यालय स्थापना गर्न समयसीमा तोकेको छ ।

निर्वाचन आयोगको निर्णायानुसार काठमाण्डाैका क्षेत्र नं. ९ अन्तर्गत प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका निर्वाचन अधिकृतको कार्यालय नागार्जुन नगरपालिकामा स्थापना गरिएको छ । आइतबार नागार्जुन नगरपालिका १० शालिकचोकस्थित तारकेश्वर युवा क्लबको भवनमा सो कार्यालय स्थापना गरिएको हो । 

निर्वाचन आयोगले यस क्षेत्रको निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका इजलास अधिकृत पूजा खत्रीलाई नियुक्त गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *