दिपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित
थानकोट ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
मनाङको प्रदेशसभा तर्फको ‘ख’बाट प्रदेश सभा सदस्यका लागि २ जनाले मनोनयन दर्ता गराएकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध भएका हुन् ।
स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपछि उनी राजिव गुरूङ उर्फ दिपक मनाङे दोश्रो कार्यकालका लागि प्रदेश सांसद् चुनिएका हुन् ।
मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए ।














