कांग्रेसले घोषणापत्र सोमबार सार्वजनिक गर्ने

Thankot Times

थानकोट । 

नेपाली काँग्रेसले मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका प्रवक्ता तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन गएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम सोमबारलाई सारिएको हो ।

कांग्रेसले आइतबार साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो । तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको सहमहामन्त्री परियारले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ