सर्वसाधारणसँग केपी ओलीले मागे आफुसँग खिचेको तस्बिर
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुसँग तस्बिर खिचाउनेहरूसँग उक्त तस्बिर फेसबुकमा पठाउन अनुराेध गरेका छन् ।
सर्वसाधारणसँग टेलिफोन सम्वादपछि अध्यक्ष ओली तस्बिर माग्दै फेसबुक पेजमा पोष्ट गर्नतिर लागेका छन् ।
शनिबार फेसबुकमा केहि तस्बिर राख्दै उनले लेखेका छन् ‘थाहै नपाइ कति धेरै साथीहरुसँग यस्ता सेल्फी खिचिएका होलान् ! साथीहरुले मसँग खिचेका तस्वीरहरु फेसबुकको कमेन्ट बक्समा पठाउनु भयो भने म समय मिलाएर हेर्नेछु’।













