माओवादी केन्द्रद्धारा काठमाडौं- १० २ मा गठबन्धनको निर्णय अस्वीकार, कुँवरकाे उम्मेदवारी कायमै रहेकाे भनाई

Thankot Times

थानकोट  ।
नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनले गरेको निर्णय अस्वीकार गरेको छ । माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० को कमिटीले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने समयदेखि नै गठबन्धन नभएकाले कात्तिक ११ गतेको गठबन्धनको निर्णय अस्वीकार्य भएको जनाएको छ ।
क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधिसभातर्फ अञ्जना विशंखे, प्रदेशसभा (क) मा दिलीप महर्जन र (ख) मा गणेश बहादुर कुँवर रहेको स्पष्ट गर्दै उम्मेदवारी कायम रहेकाले भ्रममा नपर्न अनुरोध गरेको छ ।
गठबन्धनको निर्णयमा काठमाडौं १० र सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा मित्रवत प्रतिस्पर्धा भनिएपनि (ख) मा भने समाजवादीका रमा आले मगर साझा उम्मेदवार भएको उल्लेख छ ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ