आज तीनवटा पार्टीको घोषणापत्र सार्वजनिक हुँदै

Thankot Times

थानकोट । 

आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज सोमबार एकैदिन तीन वटा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् । 

माओवादी केन्द्रले सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जनाएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय मीनभवनमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने समय तय गरेको छ भने राप्रपाले थापागाउँस्थित बानेश्वर बैंक्वेटमा कार्यक्रम राखेर साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्दैछ । 

यसअघि कांग्रेस, नेमकिपासहितका केही दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने घोषणापत्र सार्वजनिक गर्न बाँकी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ