एकीकृत समाजवादीको चुनावी घोषणा पत्र: एक पालिका, एक उद्योग ग्राम (पूर्णपाठ)

Thankot Times

थानकोट ।

करिब ३ सातापछि हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि एकीकृत समाजवादी पार्टीले सोमबार घोषणा पत्र जारी गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले स्वदेशी उद्योगको प्रबर्द्धनका लागि नेता, कर्मचारी र सुरक्षाकर्मीलाई स्वदेशी कपडा र वस्तु प्रयोग प्रोत्साहन गरिने नीतिसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी र शिक्षक तथा विद्यार्थीहरूलाई नेपालमा नै उत्पादित लत्ताकपडा, जुत्ताचप्पल, टोपी, ब्याग लगायतका वस्तुहरू प्रयोग गर्न प्रोत्साहित गर्ने उल्लेख छ ।

देशभर एक पालिका, एक उद्योग ग्राम कार्याक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने गरी घरेलु, साना तथा ग्रामीण उद्योगहरू स्थापना गरेर हस्तकलाका वस्तुहरू, नेपाली पहिचान झल्काउने उपहारका सामानहरू, लत्ता–कपडा, फर्निचर, कागज, खेलौना, सामान खेर जाने काठपातलाई प्रयोग गरी ब्रिकेट उत्पादन, मह, वनस्पति घिउ तथा तेल, स्थानीय तथा जङ्गली फलफूलबाट जुस उत्पादन, जडीबुटी उत्पादन, संकलन र प्रशोधनगर्ने लगायतका उद्योगहरू सहकारी तथा निजी स्थापना गर्नका प्रोत्साहन गर्ने पनि उक्त पार्टीको घोषणा पत्रमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ